संकटको समयमा पनि अनुगमनमा सक्रिय वाणिज्य विभाग

संकटको समयमा पनि अनुगमनमा सक्रिय वाणिज्य विभाग

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

बैशाख २७ काठमाण्डौं । कोरोना महामारीले चरम रुप लिँदै गएका बेला अस्पतालमा अक्सिजन अभाव सहित शुल्क महंगो लिने सम्मका समस्या, औषधीमा कालोबजारी जस्ता समस्या मात्र हैन उपभोक्तालाई मारमा पार्ने गरी यही समयमा भईरहेका मुल्यवृद्धि जस्ता समस्याको बारेमा अनुगमन गर्न वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग सक्रिय रहेको छ । दिनँहु जसो अनुगमन भईरहेको छ । यस क्रममा विभाग,औषधी व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यलय काठमाण्डौँ, नेपाल प्रहरी समेतको टोलीले उपत्यकाको विभिन्न अस्पतालमा अनुगमन गरेको छ । सँयुक्त टोलीले नर्भिक, शहीद मेमोरियल कलंकी,ब्लुक्रस त्रिपुरेश्वर, बयोदा बल्खु, र नेपाल नेस्नल अस्पतालको अनुगमन गरेको छ । यस क्रममा बिरामीको चापको आधारमा बेड, अक्सिजन, रेम्डेसिभिर औषधी अपर्याप्त रहेको र अस्पतालहरुले फरक फरक शुल्क लिएको पाईएको विभागका प्रवक्ता शिवराज सेढाँईले जानकारी दिनु भयो ।
यस्तै विभागको टोलीले विराटनगर, नेपालगञ्ज र काठमाण्डौमा पनि विभिन्न मेडिकल, पसल, मासु पसलहरुको अनगुमन गरी अनुचित व्यापारीक क्रियाकलाप गर्ने, बढी मुल्यमा बिक्री गरेको भेटिएका कम्पनीहरुलाई कार्बाही र आर्थिक जरीवाना समेत गरिएको विभागका प्रवक्ता सेँढाईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विस्तृत विवरण वक्तव्यमा हेर्नुस् :

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ