नेपालमा अहिले सम्मकै धेरै एकै दिन १३९ जना कोरोना संक्रमितको मृत्यु, ९ हजार बढी संक्रमित

नेपालमा अहिले सम्मकै धेरै एकै दिन १३९ जना कोरोना संक्रमितको मृत्यु, ९ हजार बढी संक्रमित

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख २७ काठमाडौं । नेपालमा कोरोना संक्रमण शुरु भए यता हाल सम्मकै सबै भन्दा धेरै एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३ हजार ९४ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना काठमाडौं उपत्यकामै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।

देशभर एकदिनमा ४ हजार ७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । अहिले ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्य धेरै जसो होम आईसोलेसनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ