बैशाख २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आफू विरुद्ध विस्वासको मत नदिए पछि आजै रातिदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्न सिफारीस गरेका छन् । आजको बिशेष अधिवेशनमा आफ्नै पार्टीका सांसदको समेत सबै मत नपाई ९३ मत ल्याए पछि आजै साँझ मन्त्रीपरिषद्को बैठक बोलाएर संसदको अधिवेशन अन्त्यको सिफारीस गराई उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए । सभामुखले अर्को बैठकको मिति तोकिसकेका अवस्थामा काम चलाऊ सरकारका प्रधानमन्त्रीले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline