भोजपुरमा कोरोना पोजेटिभको संख्या २४

भोजपुरमा कोरोना पोजेटिभको संख्या २४

  • सोमवार, बैशाख २७, २०७८
  • -धन बहादुर सुनार

  • 17.8K
    SHARES

बैशाख २७ भोजपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले विश्व आक्रान्त भइरहेको बेला भोजपुरमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अहिले सम्म भोजपुरमा गरिएको १२५ जनाको पि.सी. आर परिक्षण गर्दा ४५ जनाको रिेपोटमा २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी ११ जनाको एन्टीजेन्ट परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको छ ।

जसमा रामप्रसादराई गाउँपालिकाका १८ जना, भोजपुर नगरपालिकाका ५ जना, र टेम्केमैयुङ गाउँपालिकाका १ जना रहेका छन् । २४ संक्रमित मध्ये २० जना होम आइसुलेसन, १ जना विराटनगर र ३ जना भोजपुर जिल्ला अस्पतालमा उपचार गराइरहनु भएको छ । सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज मात्रै ३७ जनाको स्वाब संकलन गरी धनकुटा पठाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक पुर्वतयारी समेत गर्दै गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला भरी ७३ आइसुलेसन, ७५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा रहेका छन् भने षडानन्द नगरपालिकामा ५ वेडको कोभिड अस्पताल निर्माण तयारी भइरहेको छ । त्यसैगरी जिल्लामा रहेको जिल्ला अस्पताल र स्थानीय सिद्धकाली अस्पतालमा गरेर ८६ बेडहरु तयारी अवस्थामा रहेका छन् । र अझै परिक्षणको संख्या बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ