कञ्चनपुरमा कोरोना संक्रमित मृत्युदर बढ्दै एकै दिन कञ्चनपुरका सात जनाको मृत्यु

कञ्चनपुरमा कोरोना संक्रमित मृत्युदर बढ्दै एकै दिन कञ्चनपुरका सात जनाको मृत्यु

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

कञ्चनपुर, २६ बैशाख । कञ्चनपुरमा एकै दिन सात जनाको मृत्यु भएको छ । सेती र महाकाली अस्पतालमा उपचारार्थ ६ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। सेती अस्पतालमा उपचारार्थ कञ्चनपुरका तीन जना र महाकाली अस्पतालमा उपचारार्थ चार जनाएको एकै दिन मृत्यु भएको छ ।
सेती अस्पतालका अनुसार भीमदत्त नगरपालिका १८ का ६० बर्षिया महिला, पूनर्वास नगरपालिका ६ का ४२ बर्षिया पुरुष र ११ का ७२ बर्षिया पुरुषको निधन भएको छ । भने महाकाली अस्पतालका अनुसार भीमदत्त नगरपालिका १८ का ७५ बर्षिया महिला, ६का ७० बर्षिया पुरुष, ६कै ३६ बर्षिया महिला र शुक्लाफाँटा नगरपालिका ११ का ४८ बर्षिया पुरुषको मृत्यु भएको छ । हालसम्मको तथ्याङ्क अनुसार जिल्लाको भीमदत्त नगरपालिका त्यसमा पनि १८नम्बर वडाका अधिकाँस नागरिकको ज्यान गईसकेको छ ।
कोरोना कारण कञ्चनपुरका नागरिकको धमाधम ज्यान गईरहेको छ । तर सरकारले अक्सिजन आपूर्तिका लागि पहल नगर्दा सेती र महाकाली अस्पताललाई बिरामीको उपचार गर्नका लागि हम्मेहम्मे भईरहेको छ । कञ्चनपुरमा दैनिक संक्रमितको संख्या बढ्दै गएपनि सरकारले युद्धस्तरमा संक्रमण रोक्न पुर्व तयारी नगरेकै कारण अक्सिजन समेत नपाएर बिरामीको ज्यान धमाधम स्वर्गतिर गईरहेको छ । नागरिकलाई महामारी संकटकै बेला सरकारको खाचो हुने भएपनि अहिले त्यो आभास नभएको नागरिक समाजको भनाई छ । महामारीका बेला सरकार बचाउने, ढलाउने खेल भएकाले नागरिकको स्वास्थ्य भाडमा सुखाएको नागरिक समाजको टिप्पणी छ । एक कहानी छ । बाब न भईया सबसे बडा रुपैया जस्तै सरकारलाई जनता भन्दा सत्ता टिकाउने चिन्ता भएकाले नागरिकका लागि अक्सिजन समेत आपूर्ति नगरेको दावि गरिएको छ ।

कञ्चनपुरमा आज १ सय ५७ जनाले जिते कोरोना
कञ्चनपुर जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या बृद्धि भइरहेको पाईएको छ ।आइतवार थप १ सय ५७ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार २ सय ३९ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, कञ्चनपुरमा आइतवार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा ३६ जना गरी २ सय ९३ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्र भट्टले जानकारी दिईन् ।
पिसिआर परिक्षणबाट भीमदत्त नगरपालिकामा २ सय ५ शुक्लाफाँटा मा ७ जना, बेलौरीमा २ जना, दोधारामा २ जना, कृष्णपुरमा ११ जना, बेलडाँडीमा ८ जना, र वेदकोटमा २३ जना गरी २ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा गडाचौकीमा १२ जना भीमदत्तमा २४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर भटटले जानकारी दिईन् । आज भिमदत्त नगरपालिकामा थप २ सय २५ जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट २ सय ५ जनामा र ऐन्टिजेनमा २४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ