२६ बैशाख, काठमाडौं । सन् २०२२ का लागि भरिएको अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । डीभीको नतिजा शनिवारराति सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डिभी परेरनपरेको नतिजा वेबसाइट dvprogram.state.gov मा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दुतावासकाअनुसार डिभी विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि समेत अग्रिम शुल्क पनि लाग्ने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline