बैशाख २५ काठमाण्डौं । नेपालको सबै भन्दा पूरानो अस्पताल बीरलाई सरकारले कोरोना बिरुद्धको युद्धमा युनिफाईड कमाण्ड अस्पताल बनाउने महत्वपूर्ण निर्णय गरेको छ । बीर अस्पतालको हाल तयार भएको नयाँ भवनमा तत्कालै ५ सय शैयाको कोभिड अस्पताल बनाईने एक मन्त्रीले जानकारी दिए ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यो अस्पतालमा भेन्टिलेटर, आईसियु सहित शुरुमै ५ सय बेडको र पछि अझै थपेर विस्तार गरिने भएको छ ।
यसै अस्पतालमा तयार रहने कमाण्ड सेन्टरबाट देशभरका अस्पतालको समेत कमाण्ड गर्नेछ ।
यो अस्पताललाई अब सोझै स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने पनि तयारी भएको बुझिएको छ ।
कोरोना बढ्दै गएका बेला मन्त्रीपरिषद्को आजको बैठकले यो निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline