कोरोना अपडेटः ८४१८ संक्रमित, ५३ जनाको मृत्यु

कोरोना अपडेटः ८४१८ संक्रमित, ५३ जनाको मृत्यु

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

बैशाख २५ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या हिजोको भन्दा केही कम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।
१७ हजार ३१५ जनाको पिसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो भने ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना निको भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ