बन्दाबन्दीमा महानगरका सडक कालोपत्रे, पार्क लगायत पूर्वाधार निर्माणका काम नियमित

बन्दाबन्दीमा महानगरका सडक कालोपत्रे, पार्क लगायत पूर्वाधार निर्माणका काम नियमित

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैशाख २५ काठमाडौँ । बन्दाबन्दीका समयमा महानगरले पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिएको छ । निषेध आदेश जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो ।
यसअन्तर्गत नयाँ सडक गेट मर्मत तथा रंग रोगनको काम भइरहेको छ भने वडा ६ को बागमती नगर र शान्ति नमूना पार्क, वडा ३ को इको पार्क र वडा ४ को धुम्वाराही पार्क निर्माण भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट जारी निषेध आदेश र स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्डको पालना गराएर पूर्वाधारका कामलाई नियमित गरेका हौँ । सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापा भन्नुहुन्छ, ‘वडा १६ को ज्ञानदीप मार्ग, सिद्धार्थ मार्ग र जमाचो मार्गमा ढल निकास तथा सडक कालापत्रे भइरहेको छ ।
वडा १३ को जिलेट मार्ग र वडा १४ को त्रिभुवन विश्वविद्यालयको परिसरमा पर्खाल निर्माण र सडक कालोपत्रे भइरहेको छ । वडा ३१ को सिर्जना नगर सडक सुधारको काम भइरहेको छ ।
महानगरको वडा २१ कार्यालय भवन पुननिर्माण गर्न अहिले भत्काउने काम भइरहेको छ भने वडा ३१ कार्यालय भवन निर्माण भइरहेको छ ।
यससँगै सडक सुधार, स्तरउन्नति र ढल निकासका वडास्तरीय कामहरु पनि भइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ