बीरगञ्जमा १२ घण्टामा ३ जना संक्रमितको मृत्यु

बीरगञ्जमा १२ घण्टामा ३ जना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

पर्सा , २५ बैशाख । बिरगंजमा १२ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउने दुइ जना बाराका र एक जना रौतहट जिल्लाका रहेका छन् ।

बैशाख २१ गते गरीएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएका बाराका ४५ वर्षीय पुरुषलाई २२ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । गम्भिर किसिमको निमोनियाबाट समेत ग्रसित उनको शनिवार बिहान साढे १ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए ।

यसैविच शुक्रवार राति १० बजे अर्का एकजना बाराकै पुरुषको पनि मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । बैशाख ३ गते भारतको दिल्लीमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । बैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका ति पुरुष पनि निमोनियाबाट ग्रसित थिए ।

त्यसैगरी रौतहट बैशाख २१ गते गरीएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएका रौतहट ५५ वर्षीय पुरुषलाई २२ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । गम्भिर किसिमको निमोनियाबाट समेत ग्रसित उनको शनिवार बिहान ११ बजेर ४५ मिनेटमा नारायणी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए ।

बिहीबार नै नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका २ का ५४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख २१ गते उपचारका लागि अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

चैत ३१ देखि वैशाख २५ गते शनिबारसम्म वीरगन्जमा कोरोनाले ६१ जनाको मृत्यु भएको छ । तिमध्ये पर्सा को ३९ जना छन भने ,बारा, रौतहट ,सर्लाही गरि २२ र एक जना भारती नागरिक रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ