कोरोना संक्रमण भयावह भएको भारतमा सातामा दुई उडान गर्ने तर अन्य देशमा पूरै बन्द ?

कोरोना संक्रमण भयावह भएको भारतमा सातामा दुई उडान गर्ने तर अन्य देशमा पूरै बन्द ?

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बैशाख २३ काठमाण्डौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्र बने पछि सरकारले आजबाट सबै आन्तरीक तथा बाह्य उडानहरु रोकेको छ ।
तर अहिले कोरोनाको नयाँ भेरियन्ट सहित सबै भन्दा घातक अवस्थाको सामना गरीरहेको भारतमा भने नेपालले सातामा दुई दिन उडान खुल्ला राख्ने निर्णय गरेको छ ।
जहाँ कोरोना संक्रमित धेरै र घातक बनिरहेको छ त्यही सातामा दुई दिन उडान राख्नुलाई आश्चर्यका रुपमा लिईएको छ ।

गत मंसिरमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको उड्डयन प्राधिकरणबीच एअर बबल सम्झौता भएको थियो । सम्झौताअनुसार दुबै देशका सरकारी स्वामित्वका वायुसेवा कम्पनीले सातामा एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार कोभिड १९ लगायतका यस्तै महामारी वा अन्य असहज अवस्थामा पनि दुई देशका नागरिकका लागि आवात–जावत गर्न सातामा दुबै देशबाट एक–एक उडान गर्ने सम्झौता भएको थियो ।
यस उडानमा नेपालमा बसोबास गर्ने भारतीय नागरिक, उपचार वा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु भारत जान पाउनेछन् भने भारतमा अध्ययन, बसोबास वा उपचार र व्यापारका लागि बस्ने नेपालीहरु स्वदेश फर्कन पाउनेछन् । यी दुई उडानमा तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउने छैनन् ।

नेपाल वायुसेवा निगमका अनुसार नेपालबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक बुधबार बिहान ११ः२० बजे नयाँ दिल्लीको लागि उडान भर्नेछ भने दिल्लीबाट त्यहाँको स्थानीय समयअनुसार २ बजे नेपालतर्फ आउने छ ।

त्यसैगरी, भारतको एअर इण्डियाको विमान प्रत्येक शुक्रबार अपरान्ह २ः३० बजे नेपाल आइपुग्नेछ र अपरान्ह ३ः३० बजे भारत प्रस्थान गर्नेछ ।
भारतबाट आउने यात्रुलाई होटलमा १० दिनको क्वारीन्टीन अनिर्वाय गरेको पर्यटन मन्त्रालयको दाबी छ ।
भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा
​भारतबाट नेपाल आउने नेपाली वा भारतीय यात्रुहरुले तत्कालका लागि छुट्याइएका ८ वटा होटलमा अनिवार्यरुपले क्वारेन्टिनमा बस्नुपर्ने छ ।
कोरोनाको पहिलो लहरमा भने नेपालले सबै आन्तरीक तथा बाह्य उडान पूर्ण रुपले प्रतिवन्धित गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ