बैशाख २७ मै गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्धको अविस्वासको प्रस्तावमा मतदान हुने

बैशाख २७ मै गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्धको अविस्वासको प्रस्तावमा मतदान हुने

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बैशाख २७ पोखरा । प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा विस्वासको मत लिने दिन नै गण्डकी प्रदेशमा मुख्य मन्त्री बिरुद्धको अविस्वासको प्रस्तावको पक्ष विपक्षमा मतदान हुने भएको छ । १५ वैशाखमा उक्त प्रस्तावमाथि मतदान गर्ने निर्धारित कार्यसूची हुँदाहुँदै सभामुखले अनिश्चितकालीन स्थगन गरेका थिए।

प्रदेश सभामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेलाई सभाको बैठक डाक्ने सहमति जुराएको हो। यसअघि संसदीय दलका नेताहरुको बैठकले परामर्श समितिबाट बैठक टुंगो लगाउने सहमति गरेको थियो।

त्यस दिन अविश्वास प्रस्तावमा मत विभाजनसमेत गर्ने सहमति भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीले दिए।
गण्डकीमा सत्तारुढ एमालेका २७ र स्वतन्त्र १ गरी २८ सांसद मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा छन्। राजमोको केन्द्रले समर्थन फिर्ता भने पनि यहाँको संसदीय दलले फिर्ता लिएको छैन। केन्द्रले यहाँका सांसदलाई अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देश गरेको छ। संसदमा कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जसपाका २ सांसद छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ