दिन दिनै कोरोना संक्रमणमा नयाँ रेकर्डः आज ९ हजार ७० संक्रमित थपिए

दिन दिनै कोरोना संक्रमणमा नयाँ रेकर्डः आज ९ हजार ७० संक्रमित थपिए

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बैशाख २३ काठमाण्डौं । नेपालमा दिनहुँ कोरोना संक्रमणमा नयाँ रेकर्ड बन्दै गएको छ । आज अहिले सम्मकै सबै भन्दा धेरै ९ हजार ७० जना संक्रमित थपिएका छन् । आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो।
जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ।

त्यस्तै २ हजार ७०७ जना निको भएका छन्। योसँगै निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निको भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ