बैशाख २३ काठमाण्डौ । कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
आज बजार १२.४७ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २६३७.१३ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०।७७ अंकले घट्दै ४७३.०४ को विन्दुमा झरेको छ। आज कारोबार रकम भने बढेर पौन ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटा समूहमा रातो पोतिएको छ। यो दिन बैंकिङ समूह ७.११ अंकले उकालो लागेको छ। वित्त समूह ३.८५ अंकले बढेको आज लगानी समूहमा ०.१५ अंकको बढोत्तरी भएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक २३९.३३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १३०.३१ अंकले घटेको आज व्यापार समूहमा ६२.९९ अंक, होटेल तथा पर्यटन समूहमा ४४.४ अंक, विकास बैंक समूहमा १३.८५ अंक, जलविद्युत् समूहमा ४९.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३७.८२ अंक, अन्य समूहमा २३.७२ अंक, लघुवित्त समूहमा ६३.८५ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।