आजबाट प्रधानमन्त्री ओली अल्पमतमा, माओवादीले औपचारीक समर्थन फिर्ता लिँदै

आजबाट प्रधानमन्त्री ओली अल्पमतमा, माओवादीले औपचारीक समर्थन फिर्ता लिँदै

  • बुधबार, बैशाख २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

बैशाख २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट अल्पमतको प्रधानमन्त्री बन्दैछन् । माओवादी केन्द्रले आज औपचारीक रुपमा पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भए पछि प्रधानमन्त्री अल्पमतमा परेका हुन् ।
माओवादीको हिजो बसेको स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार सो पार्टीले आज संसद सचिवालयमा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
प्रधानमन्त्रीले विस्वासको मत लिन २७ गते संसदको बिशेष अधिवेशन तोकेका छन् ।
सो विस्वासको मतलाई असफल पार्न काँग्रेस र माओवादी केन्द्रीत छन् । जसपाको आधा मात्रै साांसदले ओलीलाई मत दिएमा वा माधव समुहले फ्लोर क्रस नगरेमा प्रधानमन्त्रीले विस्वासको मत लिने संभावना छ ।
यो बिषयमा जसपा भित्र तीव्र विवाद बढेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव सहितका नेताहरु ओली सरकारलाई असफल पार्ने रणनीतिमा छन् भने महन्त ठाकुर समुह ओलीको पक्षमा हस्ताक्षर जुटाउन केन्द्रीत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ