सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निषेधाज्ञा

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निषेधाज्ञा

  • मङ्लबार, बैशाख २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कञ्चनपुर २१ बैशाख । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा जारि भएको छ । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारि गरेका हुन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित प्रदेशका तराईका २ वटा जिल्ला कञ्चनपुर र कैलालिमा वैशाख १६ गतेदेखि एकहप्ताका लागि निषेधाज्ञा गरिएको थियो र त्याहाँ अहिले निषेधाज्ञा थपेर वैशाख ३१ गते सम्म लम्बाइएको छ ।
त्यसै गरि बैतडी, बझाङ अछाम, बाजुरा र डोटीमा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ । यस्तै गरि बाजुरामा पनि मंगलबार राती १२ बजेदेखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको बाजुरा जिल्ला प्रसासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि नै निषेधाज्ञा लगाइएको छ ।
डोटीमा सोमबारदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा सोमबार बिहानदेखि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो छ ।
निषेधाज्ञा जारि अवधिमा अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न नपाइने समेत जनाइएको छ । सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु भारतसँग सीमा जोडिएको प्रदेश भएकोले संक्रमणको दर तीव्र रूपमा फैलँदै गईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ