वैशाख २१, काठमाडौं । नेप्से परिसूचक आज २ हजार ६५४ दशमलव ६९ विन्दुमा पुगेको छ ।
यो दिन नेप्से परिसूचक १ दशमलव ९४ अंक अर्थात् शून्य दशमलव शून्य ७ प्रतिशत बढेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३२ अंक बढेर ४७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमवार १२ दशमलव ३५ अंकले घटेर २ हजार ६५२ दशमलव ७५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ६५२ दशमलव २७ विन्दुदेखि खुलेको हो ।
यो दिन बजार २ हजार ६६३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६४० विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने कम भएको छ ।
सोमवार रू। ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू ६ अर्ब ५ करोड २२ लाख ३६ हजार बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१३ ओटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा भएको हो ।
मंगलवार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ ।