उपत्यकामा निषेधाज्ञा एक साता थप्ने र कडाई पनि गर्ने तयारी

उपत्यकामा निषेधाज्ञा एक साता थप्ने र कडाई पनि गर्ने तयारी

  • मङ्लबार, बैशाख २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणको निषेधाज्ञा सकिन लागेकाले यस सम्बन्धि थप निर्णय हुने बताईएको छ ।
देशभर संक्रमित मध्य आधा जसो काठमाण्डौं उपत्यकाबाटै रहेकाले पनि यहाँ निषेधाज्ञा थपेर कडा गर्ने बताईएको छ ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने र थप कडाईका साथ लागू गर्ने निर्णय गर्ने संभावना रहेको बुझिएको छ ।
यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिने पनि सुझाव आएकाले त्यो बिषयमा पनि निर्णय हुन सक्ने छ ।
यता,ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी संक्रमित भएकै कारणले भौतिक रुपमा बैठकमा सहभागी नहुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ