सरकारी कम्पनीका बिक्री काउन्टर खुला: चामलसहित खाध्यान्न र पेट्रोलियम पदार्थ कति छ मौज्दात ?

सरकारी कम्पनीका बिक्री काउन्टर खुला: चामलसहित खाध्यान्न र पेट्रोलियम पदार्थ कति छ मौज्दात ?

सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २० वैशाख । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सम्भव भएसम्मका उपाय अवलम्बन गर्न निर्देशन दिइएको एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेवा प्रदान गर्न खोलिने बैंकका शाखा तथा वैकल्पिक शाखा खुला हुने समय उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइटमा राख्नुपर्ने, बैंकको प्रधान कार्यालयमा दुई पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी नाम, मोबाइल नम्बर र इमेल आइडी एशोसिएशनको सचिवालयमा उपलब्ध गराउने, बैंकको सूचना ग्राहकलाई आदानप्रदान गर्न सम्पर्क व्यक्ति तोक्ने तथा डिजिटल बैंकिङ प्रणालीको उपयोग गर्न ग्राहकलाई आग्रह गर्ने र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट समेत जानकारी गराउन निर्देशन दिइएको हो । एशोसिएशनले ग्राहकलाई सम्भव भएसम्म डिजिटल बैंकिङ प्रणालीको प्रयोग गरिदिनसमेत आग्रह गरेको छ ।

खाद्य कम्पनीसँग १३ हजार मेटन चामल मौज्दात
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ । उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ७३१ र काठमाडौँमा दश हजार ६७८ मेट्रिक टन चामल मौज्दात छ । कम्पनीसँग चार हजार ३८८ क्विन्टल गहुँ मौज्दात छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ६९७ मेट्रिक टन नून गरी एक लाख ५४ हजार ८८१ मेट्रिक टन मौज्दात छ ।
मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग सात सय १४ र निजी क्षेत्रसँग पचास हजार २११ मेट्रिक टन गरी पचास हजार ९२५ मेट्रिक टन चिनी मौज्दात छ ।

मौज्दात पेट्रोलियम पदार्थ
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको नियमित एवं सहज रुपमा आपूर्ति भइरहेको छ । निगमले सञ्चालनमा ल्याएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइबाट नियमित रुपमा डिजेल आयात भइरहेको छ ।
निगमसँग हाल ४८ हजार २४५ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात छ । यसैगरी निगमले यस महिना खाना पकाउने एलपी ग्यास आयातका लागि ४६ हजार ३३२ मेट्रिक टन वितरण गरिएको जनाएको छ । जोगबनी, वीरगञ्ज, बेलहिया र जमुनाहा नाकाबाट आइतबार मात्र २८१ इन्धनलगायत मालवाहक ट्रक नेपाल भित्रिएको जनाइएको छ ।

सरकारी कम्पनीका बिक्री काउन्टर खुला
वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागु भएको निषेधाज्ञाका समयमा खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले नियमित रुपमा बिक्री काउन्टर खुला राखेका छन् ।
खाद्य कम्पनीले चार स्थानका बिक्री काउन्टर बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।
‘निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकावासी उपभोक्ताहरुलाई पर्न जाने असुविधालाई ध्यानमा राखी हामीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न खाद्यलगायतका सामग्रीहरु बिक्री कक्षमा राखेका छौँ’, उहाँले भन्नुभयो, ‘उपभोक्ताले आफ्नो अनुकूलको समयमा नजीकका काउन्टरबाट लैजान सक्नुहुनेछ ।’
कम्पनीले बिक्री कक्ष रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टर खुला गर्ने जनाएको छ जसमा थापाथली बिक्री कक्ष दिनमा तीन पटक, नख्खु बिक्री कक्ष दुई पटक तथा रामशाहपथ र सूर्यविनायकमा बिहान एक पटक खुला हुनेछ ।
थापाथली बिक्री काउन्टर बिहान ७ देखि १० बजेसम्म, कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म गरी १२ घण्टा गरी तीन पटक सञ्चालन हुने सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नख्खु काउन्टर बिहान ७ देखि कार्यालय समय साँझ ५ बजेसम्म तथा रामशाहपथ र सूर्यविनायक बिहान ७ देखि ११ बजेसम्म खुला हुनेछ । यस्तै साल्ट ट्रेडिङ कर्पाेरेशनले ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका साथमा घुम्ती सेवा पसल (मोबाइल भ्यान) मार्फत खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी