नेपालमा कोरोना संक्रमणबाट ७ पत्रकारको मृत्यु, ५ सय ५० जना संक्रमित

नेपालमा कोरोना संक्रमणबाट ७ पत्रकारको मृत्यु, ५ सय ५० जना संक्रमित

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

वैशाख २०, काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा हालसम्म ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

यस्तै,५ सय ५० जना पत्रकारलाई संक्रमण पुष्टि भएको छ । जसमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघका महासिचव रोशन पुरीले सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

महासचिव पुरीले कोरोना संक्रमणको दोस्रो लहर नेपालमा बढिरहेको जनाउँदै पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको जनाएका छन् । महासंघले अहिलेको संवेदनशील घडीमा कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुन आग्रह गर्दै महासंघले पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल समेत गरेको छ ।

महासंघले गरेको आग्रहअनुसार कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह समेत गरेको छ ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ