अहिले देशमा कोरोना महामारीले भयावह रुप लिएको छ । सरकारले नै नागरिकलाई भनिदियो कि अब अस्पतालमा बेड उपलव्ध गराउन सकिन्न संवेदनशील भईदिनुहोला ।
यस्तो स्थितिमा नागरिक पीडित हुने नै भए । अझ दिनहुँ हजारौको संख्यामा थपिएका सक्रिय संक्रमितका कारण अस्पतालहरुमा शैयाको अभाव छ । भर्ना पाउनै मुस्किल परेका बिरामीका लागि हेरचाह र उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि उत्तिकै अभाव छ । एकै स्टाफ नर्सले दैनिक ३० देखि ४० बिरामीलाई औषधी खुवाउने र अरु काम गर्नु पर्ने भए पछि त्याहाँका स्वास्थ्यकर्मीको पीडा स्टाफ नर्स प्रिति खड्काको तस्वीरले अभिव्यक्ति गरीरहेको छ । शुक्रबार आफू महिनावारी भएको अवस्थामा समेत पिपिई लगाएर बिरामीको उपचारमा खट्नु पर्दाको पीडा कति होला ? उनी मात्र हैन सक्रिय संक्रमितले भरिएका भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको बेहाल भईरहेको छ ।

यस्तै नेपालगन्ज मेडिकल अस्पतालका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा आफैं संक्रमित छन् । लक्षण देखिएकाले स्लाइन चढाएर पनि उनी अरु संक्रमितको जीवन रक्षामा खटिएका छन् । यसले स्वास्थ्यकर्मीको महानतालाई प्रदर्शित गरीरहेको छ ।
यसले ईटाली,भारत जस्ता देशमा संक्रमित ठूलो संख्यामा पुगेका बेला स्वास्थ्यकर्मीको जुन रिपोर्टहरु प्रकाशित भएका थिए । यस्तै कथा सम्झाउने खालका देखिन्छन् । देशभरी संक्रमणको यही अवस्था बढ्दै गए नेपाल पनि थप जोखिममा पर्नेछ ।
यसैले यसरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्न राज्य र नागरिक तयार हुनु पर्छ ।
सलाम छ ती महान स्वास्थ्यकर्मीहरुलाई जसले आफ्नो जीवनको प्रवाह नगरी अरुको रक्षामा खटिरहेका छन् ।