बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख सहयोग

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख सहयोग

  • आइतवार, बैशाख १९, २०७८
  • डम्मर राज भट्ट

  • 15.6K
    SHARES

कन्चनपुर १९ बैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

बेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७-०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका विच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन । उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट उक्त सहयोग गरिएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी९बोक्सर०ले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको औल्याए । महाकाली अस्पतालमा अक्सिजन लगायतकका स्वाथ्य उपकरण अभावको समस्या भईरहेका बेला पालिकाबाट पाईएको सहयोगले केही राहत पुग्नेछ । भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि २०लाख दिने घोषणा गरेको छ । कोरोनाको चैन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसंग सहकार्य गरिरहेका छन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ