यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेल ज्यूलाई नियुक्त गरिएकोछ । उहाँको नियुक्ति संगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनु भएको छ भने अर्को तर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल हुनु भएको छ ।
विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयको Faculty of Management Studies -FMS_ बाट एम.बि.ए सम्मको अध्ययन पुरा गनु भएको उहाँले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँ यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आउनु भएको थियो । उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको Team Work लाई विशेष ध्यान दिनुहुन्छ । उहाँकोे आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ ।