राजीनामा दिएकै दिन फेरी पोखरेल मुख्यमन्त्री नियुक्त, ४० सांसदको बिरोध

राजीनामा दिएकै दिन फेरी पोखरेल मुख्यमन्त्री नियुक्त, ४० सांसदको बिरोध

  • आइतवार, बैशाख १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

राजीनामा दिएकै दिन फेरी पोखरेल मुख्यमन्त्री नियुक्त, ४० सांसदको बिरोध
बैशाख १९ वुटवल । लुम्वीनी प्रदेशमा अचानक राजीनामा दिएका मुख्य मन्त्री शंकर पोखरेललाई पुनः आजै मुख्यमन्त्रीमा नियुक्त गरिए पछि शपथ नखुवाउन विपक्षी सांसदहरुले माग गरेका छन् । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल बहुमतको सरकार गठनको तयारी गरे पछि एमाले सांसद विमला वली माओवादीतिर प्रवेश गरेपछि एमाले अल्पमतमा परेको थियो ।

प्रदेशसभाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर नै शपथ रोक्न भनेका छन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिएकै समयमा गत उपनिर्वाचनमा नेकपाबाट विजयी बनेका सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने भन्दै पत्र पठाएपछि एकाएक खेल बदलिएको हो ।

वलीले माओवादी केन्द्र रोज्नासाथ अब एमालेको पक्षमा ४० सांसद रहने छन् । अब दुबै पक्षसँग बहुमत नदेखिएको र एमाले र विपक्षसँग ४०–४० सांसद रहेकाले प्रदेश प्रमुखले छलफल गराउनु पर्ने माग बढेको छ ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३९३० बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ