बैशाख १९ काठमाण्डौं । नेपालको सिमेन्ट जगतमा ५३ ग्रेड पाउने पहिलो सबै भन्दा ठूलो उद्योगको रुपमा स्थापित मारुती सिमेन्ट अहिले १५ वर्षे यात्रामा प्रवेश गरेको छ ।
नेपाली सिमेन्ट जगत्मा एउटा महानायकको भूमिकानिर्वाह गर्दै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।
हालै मात्र नेपाल सरकारले सिमेन्ट ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुसार नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । यस अघि नै ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गरीरहेको यो कम्पनी ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गरीरहेको छ ।
अहिले तीव्र प्रतिस्पर्धाका बीच पनि बजारमा सर्वाधिक रुचाईएको यो सिमेन्ट निर्माण क्षेत्रको पहिलो रोजाई बन्ने गरेको छ । नेपालको सर्वाधिक विस्वसनीय ब्रान्ड बन्न सफल यस कम्पनीले यसको मुख्य श्रेय उपभोक्ता, निर्माण व्यवशायीहरु, ईन्जिनियर , शुभचिन्तक र कम्पनीसँग आवद्ध सहकर्मिहरुलाई आभार व्यक्त गरेको छ ।
कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले आगामी दिनमा सिमेन्टको गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।