पर्सा १७ वैशाख । पर्साका प्रमुख जिल्ला अधिकारी अध्यक्ष र एसपी सदस्य रहेको तथ्यांक समितिले १५६ जना गणकलाइ भेला गराइ तालिम सन्चालन गरि रहेको अवस्थामा स्थानीयले बिरोध जनाएपछी तालिम बन्द गरिएको छ ।
भत्ता पकाउन कोरोना सक्रमण ऐनको धज्जी उडाउदै तालिम सन्चालन गरिएको बुझिएको छ । निषेधाज्ञा अवधिभर, सभा, सम्मेलन, तालिम, पार्टी कार्यक्रम लगायत भिडभाड हुने स्थान बन्द गरिएको छ । यहाँ सम्म बिहेवारीको सिजन चलिरहदा पनि स्थानीय प्रशासनको स्वीकृति लिएर १५ जनाको सहभागितामा मात्र बिवेवारी गर्ने तर भोजभतेर नगर्ने । तर आफै बनाएको कानुनको उलंघन आफै गरे कसले कार्वाही गर्ने भन्ने चर्चा वीरगंजमा सुरु भएको छ ।
कोरोना संक्रमणको कारण लगाईएको निषेधाज्ञाको समयमा जनगणना सम्बन्धी सयौं गणकहरुलाई भेला गरी तालिम गरेको भेटिएपछि पत्रकारहरुको नेतृत्वमा गएको टोलीले सो तालिम स्थगित गराएको छ । बीरगंजको सिद्धार्थ इन्टरनेशल कलेजमा आयोजित तालिमलाई संचारकर्मीहरुको टोलीले कोरोना संक्रमणको बेला १ सय ५६ भन्दा बढी मानिस भेला गरेर सामाजिक दुरी समेत कायम नगरी तालिम गराईएको भन्दै विरोध जनाएपछि आयोजकले तालिम स्थगित गर्न बाध्य भएको थियो ।
संचारकर्मीहरुले निषेधाज्ञाको उल्लंघन गरी तालिम गरिएको भन्दै घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे एवं प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई जानकारी गराएपछि तालिम स्थगित भएको थियो । तालिममा सहभागि हुन पर्साको ठोरी देखि १४ वटै पालिकाका महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई निषेधाज्ञाको समयमा नआएमा करार नियुक्ती बदर गरी दिने चेतावनी दिएको कारण आफूहरु बाध्य भएर आएको सहभागितहरुले बताएका थिए ।
तथ्यांक कार्यालयका प्रमुख केशव ज्ञवालीले गृह मन्त्रालयको आदेशमा आफूले तालिम संचालन गरेको बताउदै आफूले तालिम नरोक्ने अडान लिएपछि संचारकर्मीहरुले माथिल्लो निकायलाई जानकारी गराउदै तत्काल तालिम रोक्न चेतावनी दिएका थिए । विवाहमा १५ जना भन्दा बढीलाई सहभागि हुन नदिने प्रशासनले १ सय ५६ जनालाई सानो कोठामा कोचेर संक्रमणको बेला तालिम लिन बाध्य गराईएको हुँदा तालिम दिने संस्थाका प्रमुखलाई कारवाही गर्न स्वयं सहभागिहरुले माग गरेका छन् ।