कोरोना अपडेटः ५७ सय बढी संक्रमित, ३३ जनाको मृत्यु

कोरोना अपडेटः ५७ सय बढी संक्रमित, ३३ जनाको मृत्यु

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैशाख १७ काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर भयावह बन्दै गएको छ । आज मात्रै कोरोनाले ३३ जनाको मृत्यु भएको छ भने ५७ सय भन्दा बढी संक्रमित बनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको छ ।

सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

देशभर ३८ हजार ८१३ जना सक्रिया संक्रमित छन् । जसमध्ये ३३१ जना आईसीयूमा रहँदा भेन्टिलेटरमा हुनेको संख्या ११५ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ