नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं बैशाख १६ । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंग गर्न सकिने व्यवस्था मिलाएको छ ।

यात्री मोटरसाइकलले खल्तीबाट मात्रै बुकिंगको भुक्तानी लिने छ । कम्पनीले नगद भुक्तानी लिने छैन । मोटरसाइकलको बुकिंग अप्रिल २३ ९शुक्रबार० देखि गर्न सकिने छ । यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो ।

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २।५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल नेपालको पहिलो विद्युतीय मोटरवाइकको प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएको बताउँछन् । ‘नेपाली विद्युतीय मोटरबाइकको लामो प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती मोवाइल एपबाटै त्यसको बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ुखल्तीु वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ुखल्तीुका प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ