पर्सा कालिकामाई गाँउपालिका अध्यक्षको निधन

पर्सा कालिकामाई गाँउपालिका अध्यक्षको निधन

  • शुक्रबार, बैशाख १७, २०७८
  • -दिपक चौरसिया

  • 15.5K
    SHARES

बैशाख १७ वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेरमा आज विहान २ बजे मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।  एक सातादेखि ज्वरो र रुघाखोकीले ग्रसीत कुशवाहाको शुक्रबार बिहान स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कालीकामाई गाउँपालिका-५ का वडा अध्यक्ष पवन तिवारीले जानकारी दिए। एक साता पहिले कुशवाहाको स्वास्थ्यमा समस्या आएपछि कुशवाहलाइ छोरा डाक्टर दिलीप कुशवाहाले वीरगन्जस्थित डेरामै राखेर उपचार गर्दै आएका थिए। तर शुक्रबार बिहान अचानक कुशवाहाको स्वास्थ्य जटिल भएपछि डेराबाट अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा अध्यक्ष तिवारीले बताए। कुशवाहा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन जनता दलबाट कालीकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ