कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, आईसियुमा सारियो

कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, आईसियुमा सारियो

  • बिहिबार, बैशाख १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बैशाख १६ काठमाडौँ । भारतमा धार्मिक मेलामा पुगेर फर्किए लगत्तै कोरोना संक्रमित पाईएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था गंभीर बनेको छ । उनलाई शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको जनाएको छ । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । विज्ञप्तिमा भनिएको छ ।
सोही अस्पतालमा उपचार भईरहेका पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको जनाईएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बतार्इएको छ ।

पूर्व राजाको परिवार बैशाख ११ गतेदेखि नै नर्भिकमा भर्ना भएर उपचार गराईरहेका छन् ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए । ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ