उपत्यका छाड्नेको लर्को, बसपार्क र नाकाहरुमा सवारी र मान्छेको चाप ( भिडियो सहित )

उपत्यका छाड्नेको लर्को, बसपार्क र नाकाहरुमा सवारी र मान्छेको चाप ( भिडियो सहित )

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

बैशाख १५ काठमाण्डौं । कोरोनाको दोस्रो लहर बढेसँगै र सरकारले बैशाख १६ बाट उपत्यकामा निषेधाज्ञा घोषणा गरे पछि अहिले राजधानी छाड्ने नागरिकहरुको ठूलो लर्को लागेको छ । बिहिबारबाट निषेधाज्ञा भएर सवारी नचल्ने भए पछि लाखौँ मानिसहरु राजधानी छाड्न आतुर देखिएका छन् ।
गत वर्षको लकडाउनमा हिँडेरै मानिसहरु गाँउ फर्किएका थिए । यस पटक शुरु देखि नै मानिसहरु उपत्यका बाहिरिने क्रम बढेको थियो । निषेधाज्ञा लामो समय चल्ने र उपत्यकामा बस्दा समस्या हुने भए पछि मानिसहरु गाँउ फर्किन लागेको देखिएको छ ।
नयाँ बसपार्क, नाकढुंगा, कोटेस्वर–जगाती, दक्षिणकाली नाकाबाट ठूलो संख्यामा यात्रुहरु बाहिरिएको प्रहरीले जनाएको छ ।
आज साँझ ५ बजे सम्ममा ३४४१ यात्रुवाहक सवारी बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाईकल, ट्रक र ढुवानी गाडी बाहेक निजी र सार्वजनिक सवारी बाहिरिने क्रम अहिले साँझ पनि जारी छ । बिहान देखि साँझ सम्म ४५ हजाुर ७५ जना यात्रु बाहिरिएका छन् ।
यसै गरी २४५ सवारी साधन मार्फत २० हजार ३२ जना उपत्यका भित्र प्रवेश गरेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
त्यसो त हवाई मार्गबाट समेत ठूलो संख्यामा मानिसहरु उपत्यका बाहिर गईरहेका छन् ।
कोरोना महामारीको चाप, निषेधाज्ञाले समस्या ल्याउन सक्ने भयले नागरिकहरु यसरी बाहिर गएको पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी