आज पुनः शेयर बजारले गति लियो, नेप्से ९२ अंकले बढ्यो

आज पुनः शेयर बजारले गति लियो, नेप्से ९२ अंकले बढ्यो

  • मङ्लबार, बैशाख १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बैशाख १४ काठमाण्डौं । लगातार ओरालो लागेको शेयर बजार आज पुनः माथि उक्लिएको छ । नेप्सेमा आज ९२ अंकको सुधार आएको छ । गत साता कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा बढीले उकालो लागे पछि लगानीकर्ता उत्साहित भएका छन् ।
यस दिन ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि कम देखिएको छ। अघिल्लो दिन सोमबार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये एक कम्पनीको मात्रै शेयरमूल्य केही घटेको छ भने अन्य सबै कम्पनीको शेयरमूल्य बढेको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।

मंगलबार अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९।९९ प्रतिशत, महिला लघुवित्तको ९।९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ९।८९ प्रतिशत, समिट लघुवित्तको ९।७५ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ९।६४ प्रतिशतले बढेको छ।

यता गुडविल फाइनान्सको शेयरमूल्य भने १.०९ प्रतिशतले घटेको छ। मंगलबार अपर तामाकोशीको सबैभन्दा धेरै २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २१ करोड १६ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ५१ लाख रुपैयाँ नविल बैंकको १३ करोड ५२ लाख रुपैयाँ र छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ