शेयर बजारमा लगातार गिरावट जारी

शेयर बजारमा लगातार गिरावट जारी

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर रु छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई रु ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ ।
कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी रु २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक रु १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष रु १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक रु १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक रु १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको रु १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदासमेत आज विशाल बजार कम्पनीको शेयरमा ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था ९.९७, माछापुच्छ्रे« बैंकको ऋणपत्र पाँच, गुडविल फाइनान्स ३.७९, एसबिएल ऋणपत्रका लगानीकर्ताले तीन प्रतिशतले कमाए । त्यस्तैगरी, रिलायन्स फाइनान्स ८.०६, छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदीमर्दी हाइड्रोपावर ६.६७, नेशनल हाइड्रोपावर ६.४१, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.४०, नेपाल हाइड्रो डेभलपर ६.२७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१९ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ