माधव नेपाललगायतको रिट निवेदनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

माधव नेपाललगायतको रिट निवेदनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१३ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले संयुक्त रुपमा १४ बुँदे मागसहितको रिट निवेदनमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो। अदालतले निर्वाचन आयोग, केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा, संघीय संसद सचिवालय र ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन आदेश गरेको छ।

माधव पक्षीय नेताहरुले निर्वाचन आयोगमा भएको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगराउनु भन्ने परमादेश आयोगका नाममा जारी हुनुपर्ने माग गरेका थिए।

आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले उक्त कार्य रोक्न माग गरेका थिए। साथै संघीय संसद सचिवालयलाई सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरेपनि अदालतले अन्तरिम आदेश नदिएको हो।

अदालतले माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ