पर्सा १३ बैशाख । बिरगंजमा सोमबार बिहानै एक कोरोना सङ्क्रमितको हृदयघातबाट मृत्यु भएको छ । दिन प्रति दिन बिरगंजमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ।
नारायणी अस्पतालमा उपचार गराइरहेका पुरुषको कोरोना सङ्क्रमणका भएको निमोनियाले फोसकोमा असर पारेपछि हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर निवासी ६० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।
बैशाख २ गते कोरोना पुष्टि भएर ३ गते नारायणी अस्पताल भर्ना भएका वृद्ध दिर्घ रोगी थिए । उनको आज बिहान साढे ९ बजे अस्पतालको अईसियूमा उपचार गर्दागर्दै मृत्यु भएको डा। दासले बताए ।
अस्पताल भर्ना गर्दा वृद्धको दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । निमोनियाका कारण श्वासवास प्रश्वासमा समस्या भएपछि हृदयाघातबाट उनको मृत्यु भएको डा। दासले बताए ।
नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति परीक्षण गराएका मध्ये ७० प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको छ। आइतबार राति १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए।
यस्तै बारा जिल्लाका १० जना, रौतहट जिल्लाका २ जना र सर्लाही जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए।
वीरगन्जमा केही दिन यता संक्रमण उच्च दरमा बढिरहेकाले यसले अवस्था नियन्त्रण बाहिर गइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए।
चैत २७ देखि आइतबार बैशाख १२ सम्मको अवधीमा १ हजार ७ सय ५८ जनाको परीक्षण गर्दा ९ सय २२ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। वीरगन्जमा अहिले नारायणी अस्पतालमा ३१ जना, बयोधा अस्पतालमा १० जना र गण्डक अस्पतालमा ५ जना संक्रमित उपचाररत छन्। अस्पतालमा बेड नपाएर ६४४ संक्रमित घरकै होम आइशोलेसनमा बस्न बाध्य छन्।
कोरोना संक्रमणको दोश्रो लहर सुरु भए यता वीरगन्जका अस्पतालमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ। तीमध्ये पर्साका ८, बाराका २ र सर्लाहीका १ जना हुन् ।