राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब २७ करोड

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब २७ करोड

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौं बैशाख १३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ४२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकको खुद ब्याज आम्दानी घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म बैंक २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार बढेर १४ अर्ब २३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो। यो अवधिसम्म बैंकको निष्क्रिय कर्जा ४.६४ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झरेको छ। सीडी रेसियो ६८.२३ प्रतिशत रहेको बैंकको आधार दर ५.५० प्रतिशतमा झरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ