त्रिकोणात्मक क्रिकेटको उपाधीका लागि नेपाल र नेदरल्याडस् भीड्दै

त्रिकोणात्मक क्रिकेटको उपाधीका लागि नेपाल र नेदरल्याडस् भीड्दै

  • शनिबार, बैशाख ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बैशाख ११ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणत्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सको यो तेस्रो खेल हो ।

यसअघि लिग चरणको पहिलो खेलमा नेपाल विजयी भएको थियो भने दोस्रो खेल नेदरल्याण्ड्सले जितेको थियो । आजको खेल दुबै टोलीको लागि वास्तविक परिक्षा हुनेछ । खेल किर्तीपूरस्थित टियू मैदानमा अपरान्ह पौने २ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

नेपालले अहिलेसम्म दुईवटा टी–ट्वेन्टी श्रृंखला जितेको छ । २०१९ मा युएईमा भएको टी–ट्वेन्टी सिरिजमा नेपालले युएईलाई २–१ ले पराजित गरेको थियो । मलेसियामा सोही वर्ष भएको सिरिज नेपालले २–० ले क्लिनस्वीप गरेको थियो ।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज भने नेपालले अहिलेसम्म जित्न सकेको छैन । २०१९ मा सिंगापुरमा भएको जिम्बाब्बे र सिंगापुर सहभागी ट्राई सिरिजमा नेपाल दोस्रो भएको थियो ।

नेपाल रनेदरल्यान्ड्सबीच हालसम्म १० खेल भएका छन् । जसमध्ये ३ खेलमा नेपाल विजयी भएको छ भनेनेदरल्यान्ड्सले ६ खेल जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ