बैशाख १० काठमाडौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ सय ४९ जना र ८ सय ६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १० जना गरी जम्मा २ हजार ५ सय ५९ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
आज ४ सय १० जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline