नेपालद्धारा मलेशिया पराजीत, उपाधीका लागि नेदरल्याण्डस्सँग प्रतिस्पर्धा हुने

नेपालद्धारा मलेशिया पराजीत, उपाधीका लागि नेदरल्याण्डस्सँग प्रतिस्पर्धा हुने

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बैशाख ९ काठमाडौँ । नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक खेलमा मलेसियालाई राउन्ड रोबिनको अन्तिम खेलमा ६९ रनले पराजित गरेको छ। मलेसियाले टस जितेपछि ब्याटिङमा नेपालले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो । जवाफमा आएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । अब फाईनलमा नेपालले नेदरल्याण्डस्सँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३÷३ विकेट लिए । यस्तै सुशन भारीले १ विकेट लिए ।

नेपालका लागि विष्फोटक ब्याटीङ गरेका करण केसीले १३ बलमा ७ छक्का प्रहार गरी ४५ रन बनाएका थिए । आफ्नो डेब्युका ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भए ।

आसिफ शेख ४२ र कप्तान ज्ञानेन्द्र मल्ल ४१ रनमा आउट भए । आसिफले ३२ बल खेली ३ चौका र ३ छक्का तथा ज्ञानेन्द्रले २५ बल खेली १ चौका र ४ छक्का प्रहार गरे ।

उपकप्तान दीपेन्द्रसिंह १७ बलमा ३३ रन बनाई आउट भए । उनले ५ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी ८ र सोमपाल २ रनमा आउट भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ