खेलकूद महासङ्घको अध्यक्षमा रमेश पौडेल चयन

खेलकूद महासङ्घको अध्यक्षमा रमेश पौडेल चयन

  • मङ्लबार, बैशाख ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, ७ वैशाख  ।  सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । ‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित आज सम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उहाँलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो ।

भेलाले पुनः गठन गरेको ५५१ सदस्यीय केन्द्रीय कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, प्रभातविक्रम कटवाल, ध्रुव आचार्य, निरेशलाnसिंह, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, जीतेन्द्र दाहालसहित १२ जना र महासचिवमा मेघराज पौडेललाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै संयोजक पौडेलले पूर्वाध्यक्ष पुरुषोत्तम पौडेल राजनीति र खेलकूदको मूल मार्गबाट विचलित भई गुटबन्दीमा सक्रिय भएकाले भेलाले कारवाही गरेको बताउनुभयो । उहाँले महासङ्घलाई खेल, खेलाडी, प्रशिक्षक र खेलप्रेमीको साझा सङ्गठन बनाइने देशव्यापी सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ