लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ तिन वटा शाखा कार्यालय उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ तिन वटा शाखा कार्यालय उद्घाटन

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, ६ वैशाख । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले सोमवार देखी थप तिन शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका वडा नं. ०६ थाना रोड स्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ०४ भद्रपुर रोड स्थित बिर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं. ०२ सभापती चोक स्थित कावासोती शाखा रहेका छन् ।
बिकास बैंकको बिर्तामोड शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितीका अध्यक्ष दशरथ रिसाल तथा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटी बाट संयुक्त रुपमा, दमक शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक केशब खतिवडा तथा दमक नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष टेक बहादुर थापाबाट संयुक्त रुपमा र कावासोती शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई तथा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल बाट संयुक्त रुपमा सम्पन्न भयो ।

हाल यस बिकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ ।

२०७७ चैत मसान्त सम्ममा बिकास बैंकले कुल कर्जा रु ३२ अर्ब ३ करोड प्रवाह गरीे रु ३४ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ ।
“निरन्तर सहयात्रा” भन्ने नाराका साथ यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ