कोरोना महामारीमा समेत उत्कृष्ट सेवा प्रदान गरेको काठमाडौँ म्यारियट होटल दोस्रो वर्षमा प्रवेश

कोरोना महामारीमा समेत उत्कृष्ट सेवा प्रदान गरेको काठमाडौँ म्यारियट होटल दोस्रो वर्षमा प्रवेश

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ६ वैशाख । अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको म्यारियटका जेनरल म्यानेजर फाबियन मार्टिनेजले सहयोगी र सरोकारवालाहरुको कडा मिहेनत र परिश्रमले उत्कृष्ठ सेवा प्रदान गर्न सफल भएको बताए ।
कोरोना महामारीको समयमा समेत सरकारको नीति निर्देशन र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर अतिथिको सेवा सत्कारमा म्यारियटले सेवा प्रदान गरेको उनले बताए ।

स्थापनाकादेखि नै होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ। पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो।
होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ। यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यव्रmमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको पनि उनले बताए ।
यो माइलस्टोन मनाउनका लागि काठमाडौँ मैरियट होटेलले अप्रिल २०२१ को अन्त्य सम्म मात्र नेपाली रु १२०११ विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ