नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बैशाख ५ काठमाण्डौ । लगातार बढिरहेको शेयर बजार यो साता कारोबारको पहिलो दिन दोहोरो अंकले झरेको छ ।
बजारमा आज ३५.८९ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २६९९.५१ विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२९ अंकले घटेर ४८६.१६ को विन्दुमा खुम्चिएको छ। कारोबार रकम भने झन्डै ९ अर्ब रुपैयाँबराबरको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १८३.१९ अंकले ओरालो लागेको छ। व्यापार समूह १२५.३९ अंकले घटेको आज बैंकिङ समूहमा ३३.२९ अंक, होटेल तथा पर्यटन समूहमा ९२.७९ अंक, विकास बैंक समूहमा ४८.३ अंक, जलविद्युत समूहमा ३२.३८ अंक, वित्त समूहमा १६.०६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६७.८६ अंक, अन्य समूहमा २१.०१ अंक, लघुवित्त समूहमा ५०.३२ अंक, जीवन बीमा समूहमा १११.६२ अंक र लगानी समूहमा ०.६ अंकको गिरावट आएको छ।

यो दिन म्युचुअल फन्ड समूहमा ०.०६ अंकको बढोत्तरी भएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँमा कारोबार भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ