पर्सा ५ बैशाख । पर्सामा फेरी थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिरगंजस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो १ :४० मिनेटमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कोरोना सन्क्रमित भइ उपचार गराउन नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । कोरोनाको लक्षण देखा परेपछी शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल भर्ना गरिएको थियो ।
कोरोनाको कारण यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । गत मङगलबार नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको मृत्यु भएको थियो । सोमबार पर्साका १ जना संक्रमित पुरुषको चितवनको भरतपुरमा मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरी ५ जनाको मृत्यु भइसकेको उपचारमा सन्लग्न चिकित्सकहरूले बताएका छन । चिकित्सकका अनुसार अहिलेपनी सावधानी नअपनाए आउने दिनमा बिकराल रूप लिन सक्ने सन्केत देखा परेको बताए ।