सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

विराटनगर, बैशाख ५ गते । सुनसरी र मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो राती पौने ८ बजे सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए ।
उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको छ । बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष वि।क। नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । त्यस्तै आज बिहान ६ बजे मोरङ धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को २७ प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको छ भने अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ