बैशाख ४ काठमाण्डौं । राजधानीमा आजबाट शुरु भएको थ्री नेसन्स टी २० क्रिकेटमा अहिले नेपालले नेदरल्याण्डस बिरुद्ध खेलिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाए पछि नेपाल अहिले जवाफी व्याटीङमा उत्रिएको छ । नेपालले अहिले यो समाचार तयार पार्दा सम्म ७ ओभरमा विना कुनै नोक्सानी ७६ रन बनाएको छ । कुसल भुर्तेल र आशिफ शेखले नेपालको शुरुवाती पारी सम्हालेका छन् ।
सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लू आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शून्यमा एलबीडब्लू नै आउट गरे ।
नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए ।
कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहँदै २० रन बनाएपछि नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो । सन्दीप बाहेक नेपालबाट सोमपाल शाहब आलमले १,१ विकेट लिए । शाहबसँगैं कुशल भुर्तेल र आसिफ शेखले नेपालबाट ट्वान्टी २० मा डेब्यू गरिरहेका छन् ।