कोहलपुरमा बस टिपर ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु

कोहलपुरमा बस टिपर ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

बैशाख ४ नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक छेउमा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३७ जना घाईते भएका छन् । बसमा ४२ जना यात्रु सहभागी थिए । दुर्घटनामा मृत्यु हुनेमा एक जना महिला समेत रहेका छन् ।

कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । अन्यको अझै पहिचान खुल्न सकेको छैन ।

घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ