बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

  • शुक्रबार, बैशाख ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, ३ वैशाख । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ । उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जनाएको छ । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

यता काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका–४ बस्ने ५२ वर्षीय माइला पुतुवार आज मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकामा पाहुना लाग्न आएको बुझिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा आज मृत फेला परेको र दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ