कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु

कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु

  • सोमवार, चैत्र ३०, २०७७
  • दिपक चौरसिया

  • 10.8K
    SHARES

पर्सा, ३० चैत । पर्साको कालिकामाई गाउँपालिका २ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

आइतबार विहान १ बजे भरतपुर अस्पतालमा आएका उनको कोभिड आर्इसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिए । वीरगञ्जको नेशनल मेडिकलबाट उपचारका लागि भरतपुर रिफर गरिएको उनमा कडा निमोनियाको संक्रमण भएको थियो ।

उनको शव पर्सा नै लगिएको छ र नेपाली सेनाले अत्येष्टि गरेको छ ।

लिभरमा समस्या देखिएपछि उपचारका लागि भारत गएका उनलाई त्यही बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उपचारका लागि उनीसँगै गएका श्रीमती र कान्छो छोरालाई गाउँमै क्वारेन्टिनमा राखिएको वडाध्यक्ष सोनालाल चौरसियाले जानकारी दिए ।

मृतकको आजै आफ्नै गाउँ गडवनिया घाटमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडा अध्यक्ष सोनालाल चौरसियाको रोहबरमा दाहसंस्कार गरिएको वडा अध्यक्ष चौरसियाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ