नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

  • सोमवार, चैत्र ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ३० चैत । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ विन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नबिल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, युनाइटेड मोदी ३.६५, युनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी